दफा १७६
दम्पतिबाटै धर्मपुत्र वा धर्मपुत्री राखेको मानिने

कुनै पति वा पत्नीले न्यायिक पृथकीकरण गरी बसेको अवस्थामा धर्मपुत्र वा धर्मपुत्री राखेकोमा पछि पति पत्नी दुवैसगोलमा बसेमा त्यसरी बस्नुभन्दा अघि राखेको धर्मपुत्र वा धर्मपुत्री दुवै दम्पतिले राखेको मानिनेछ ।